• २०८३ असार ३१ | Wed, 15 Jul 2026

निर्वाचनको वातावरण नबिगार्न नेता कोइरालाकाे आग्रह

निर्वाचनको वातावरण नबिगार्न नेता कोइरालाकाे आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन्।

आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएकाे भन्दै उनले यस्ताे आग्रह गरेका हुन्। संविधानको रक्षाका लागि भए पनि निर्वाचनमा जानै पर्ने उनकाे भनाइ थियाे । हिजो सिमरामा भएका जस्ता घटनाले निर्वाचनको वातावरण बिग्रन सक्ने उनको भनाइ छ।

‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो,’ काेइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौं, निर्वाचनको बातावरण नबिगारौं।’



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार ०३:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP