• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता, यस्ताे छ कार्यतालिका

राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता, यस्ताे छ कार्यतालिका

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन माघ ११ गते हुँदैछ ।

आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

त्यस्तै पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने आयोगले जनाएको छ ।

माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

कार्यतालिका हेर्न यहाँ क्लिक गर्नुहाेला



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १, सोमबार ०१:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP