• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भुम्लुमा भाेलिदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि घुम्ती शिविर संचालन हुने (सूचनासहित)

भुम्लुमा भाेलिदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि घुम्ती शिविर संचालन हुने (सूचनासहित)

दोलालघाट । काभ्रेको भुम्लु गाउँपालिकाले पालिकाभरिमा राष्ट्रिय परिचयपत्र बनाउन छुटेकाहरुका लागि घुम्ती शिविर संचालन गरिने जनाएको छ ।

पालिकाले एक सूचना जारी गर्दै मंसिर १४ देखि २३ गतेसम्म घुम्ती शिविर संचालन गरिने जनाएको हो । यसका लागि आवश्यक तयारी गरिएको र मौकाको फाइदा लिन पालिकाले सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।

पालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले दिनुभएको जानकारी अनुसार मंसिर १४ गते पहिलो दिन वडानम्बर ५ को कार्यालय सल्ले भुम्लुमा शिविर संचालन हुनेछ भने १५ गते वडानम्बर ४ को कार्यालय चौवासमा, १६ गते वडानम्बर २ को कार्यालय सिम्थलीमा, १७ गते वडानम्बर ३ को कार्यालय बेखसिम्लेमा र मंसिर १८ गते वडानम्बर ८ को कार्यालय भुम्लुटारमा शिविर बस्नेछ ।

यस्तै १९ गते वडानम्बर १ को कार्यालय सापिङमा, २० गते वडानम्बर ७ को कार्यालय फलाँटे, २१ गते वडानम्बर ६ को कार्यालय कोलाँती, २२ गते वडानम्बर ९ को कार्यालय ज्याम्दी र मंसिर २३ गते वडानम्बर १० को कार्यालय दोलालघाटमा शिविर संचालन हुने भएको हो ।

आफूलाई पायक पर्ने सम्बन्धित वडाका दर्ता शिविरहरुमा नाम दर्ता गराउन सकिने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालसिंह विकद्वारा जारी सूचनामा उल्लेख छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १३, शनिबार ००:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP