• २०८३ असार ३२ | Thu, 16 Jul 2026

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १४ करोड बढी ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १४ करोड बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुरकाे ललितपुर महानगरपालिका-४ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १६, मंगलवार ०१:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP