काठमाडौँ । साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मधुमधुकर खण्डकाव्य र शान्ति निबन्ध संग्रह एक समारोहबीच साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजूले लोकार्पण गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लाकोजूले सिर्जना कर्म चेतनाको कर्म भएको बताए । काव्यकार गोपाल पौड्याल मण्डनेले आफू जहाँ रहे पनि नेपाली साहित्य आफूसँगै रहने भावना पोखे ।
समालोचक तुयुकाजी ताम्राकारले डा गोपाल पौड्यालका दुई कृति मध्ये मधुमधुकर आकारमा सानो तर मार्मिक रहेको बिचार पोखे । शान्ति पनि पठनीय रहेको बिचार पोखे ।
काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मिएका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । उनको यो मधुमधुकर खण्डकाव्यभित्र प्रेमप्रणयको विषय छ ।
शान्ति निबन्ध संग्रहमा विविध विषयका निबन्धहरू समाविष्ट छन् । पुस्तक लोकार्पण कार्यक्रम नेपाली लेखक संघ काभ्रे शाखाको आयोजनामा भएको थियो । कार्यक्रममा साहित्यकार ध्रुबकृष्ण ताम्राकार, शम्भुलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया