काठमाडौँ । साहित्यकार किरण आचार्यद्वारा लिखित पौराणिक आख्यान शैलसुते एक समारोहबीच लोकार्पण सम्पन्न भएको छ । शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा कमल रिजाल (आख्यानका लेखक तथा पत्रकार), राजकुमार बानियाँ (पत्रकार, समालोचक), तारा रेग्मी (पठन संस्कृतिका अभियन्ता) लेखक किरण आचार्य, प्रकाशक पुष्पराज पौडेलद्वारा लोकार्पण भयो ।
तारा रेग्मीले किताबमाथि समीक्षा गर्दै शिक्षकहरुलाई एउटै उपन्यासमा पढ्न पाउनु र खोज र अनुसन्धान गरेर लेखिएको हुँदा उपन्यास अब्बल रहेको शैलसुते जस्तो उपन्यास पढ्न हो भने धर्म परिवर्तन नहुने र इन्द्र राजाले सोमरस बनाउनेलाई नबुचे वैज्ञानिक थुनामा राखेर पिडा दिएको प्रशंसा सारै राम्रो लागेको बताउनुभयो ।
राजकुमार बानियाँले शैलसुते उपन्यास दुर्लभ र मोलिक साहित्य रहेको र नेपालमा मात्र नभए भारतमा पनि माता पार्वतीको बारेमा लेखिएको नभेटिएको बताउनुभयो । यस उपन्यासलाई व्यालिसक भन्न सकिने बताउनु व्यलिसक उपन्यास हुनका लागि सबै गुण रहेको बताउनुभयो ।
कमल रिजाल पौराणिक आख्यान लेखनका लागि लामो तपस्या र समर्पण चाहिने बताउँदै शैलसुतेले पौराणिक नारीपात्रमाथि लेखिएको र लेखकबाट आफू प्रभावित रहेको बताउनुभयो । कथन र विषयवस्तुले कौतहूलता प्रदान गर्दै निरन्तर तान्दै लैजाने र उपन्यास अन्तिमसम्म पनि के होला के होला भन्ने बनाउन सक्षम भएको छ ।
लेखक किरण आचार्यले आफूले प्रयास गरिरहेको र गर्ने बताउँदै आफ्नो प्रयासलाई पढेर सुझाव सल्लाह दिन अनुरोध गर्नुभयो । जत्कारु, परशुराम, अहिल्या किरण आचार्यका पूर्व प्रकाशक पौराणित पत्रमा आधारित उपन्यास हुन शैलसुते शिखा बुक्सद्वारा प्रकाशित जसको मूल्य ७९५।– रहेको छ ।
प्रतिक्रिया