मेलम्ची । स्वास्थ्यकर्मीहरुका लागि औषधि तथा औषधिजन्य सामानहरुको संचालनसम्बन्धी सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भर्सन २ सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।
जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य सामग्री स्टोर व्यवस्थापनका फोकल पर्सनहरू तालिममा सहभागी भएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले बजेट अभावका बीचमा पनि विभिन्न प्रयास गरी तालिमको आयोजना गर्न सफल भएको बताउनुभयो।
उहाँले तालिमले जिल्लाका स्वास्थ्य संस्थाहरूलाई औषधि तथा सामग्री व्यवस्थापनमा सजिलो हुने अपेक्षा राख्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
उहाँले संघ सरकारले भर्खरै बागमती प्रदेशबाट तालिम सुरुवात गरेको बताउँदै जिल्लामा भने तालिम अहिले आयोजना गरिएको बताउँदै थप तालिमको लागि पनि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले सीपको सदुपयोग गर्दै अरुलाई पनि हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
मुख्य प्रशिक्षकका रूपमा प्रेम अधिकारी र केदार उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा मांकका अध्यक्ष सञ्चमाया स्याङबोले सीपको सदुपयोग गर्न आग्रह गर्दै थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया