• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ पौष १ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

२०८२ पौष १ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैं । २०८२ साल पौष १ गते मंगलबार तदनुसार १६ डिसेम्बर २०२५ । द्वादशी तिथी ४४ घडी ४६ पला त्रयोदशी तिथी प्रारम्भ हुनेछ । स्वति नक्षत्र २१ घडी ५६ पला उप्रान्त विशाषा नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग कौलव करण आज बिहान सूर्योदय ६:४९ मा भयो भने सूर्यास्त साँझ ५:९ मा हुनेछ । आज मंगलबार चन्द्रमा तुला राशिमा

मेष राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनुका साथै लेखन शैलीमा तीव्रता आउनेछ।

वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। आयआर्जनमा कमी आउने देखिन्छ। जागिरमा अपजसको सामना गर्नुपर्ने योग छ। चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ, सजग रहनुहोला।

मिथुन राशि
अध्ययन अध्यापनमा कमी आउनेछ। अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। मातृ स्वास्थ्यमा उतारचढाव आउने योग छ। भौतिक साधनमा घाटा भएर जाने योग छ।

कर्कट राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। सामाजिक काममा समय व्यतित भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। अनावश्यकरुपमा भएको खर्चमा कमी आउने देखिन्छ।

सिंह राशि
बोलीको प्रभाव बढेर जानेछ । इलेक्ट्रिक सामान खरिदसम्बन्धी व्यवसायमा सफलता पाइने योग छ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ।

कन्या राशि
न्यायिक काममा वादविवादको सामना गर्नुपर्नेछ। सवारी साधनबाट जोगिनुपर्ने अवस्था सृजित भएको छ। लेखनशैलीमा कमी आउनेछ। दाजुभाइमा मनमुटावको सिर्जना हुनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।

तुला राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। धातुजन्य पदार्थबाट लाभ लिने योग छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्।

वृश्चिक राशि
पैत्रिक सम्पत्तिको विषयलाई लिएर अनावश्यकरुपमा वादविवाद बढेर जानेछ। स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। सञ्चित धनको नाश हुने योग रहेको छ।

धनु राशि
पराक्रम बढेर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ । जागिरमा उन्नतिको सम्भावना बढेर गएको देखिन्छ।

मकर राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा असफलता पाइने योग छ। परिवारमा वादविवाद बढेर जाने देखिन्छ। आफन्तमा बहिरभाव आउनाले मनमा चिन्ता बढेर जानेछ।

कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्नेछ। सामाजिक काममा झुट्टा आरोपको सामना गर्नुपर्नेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ।

मीन राशि
मुद्दा मामिलामा तपाईंको जित हुने देखिन्छ। व्यवसायमा थप लगानी बढाइने योग छ। काममा भएको सफलता र लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १, मंगलवार ००:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP