काठमाडौं । नेपाली बजारमा आज पनि सुनकाे मूल्य बढेकाे छ। साेमबार नयाँ रेकर्ड राखेकाे सुनकाे मूल्य मंगलबार प्रतिताेला १ हजार ७०० ले घटेको थियाे । बुधबार भने ७०० ले बढेकाे थियाे ।
बिहीबार पनि ७०० ले बढेसँगै आज सुन २ लाख ६० हजार ४०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत हप्ता सुनकाे मूल्य प्रतितोला चार हजार दुई सयले बढेकाे थियाे । मंसिर १९ गते शुक्रबार प्रतिताेला २ लाख ५२ हजार ४०० मा काराेबार भएकाे सुन आइतबार २ लाख ५२ हजार २०० मा काराेबार भयाे । यस्तै साेमबार ७०० ले बढेर २ लाख ५२ हजार ९०० मा र मंगलबार एक हजारले घट्दै २ लाख ५१ हजार ९०० मा काराेबार भएकाे थियाे ।
बुधबार २ लाख ५२ हजार १०० र बिहीबार २ लाख ५३ हजार एक सयमा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने ह्वात्तै बढ्दै २ लाख ५६ हजार ६०० पुगेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि बढेको छ । चाँदी आज प्रतिताेला २५ रुपैंयाँले बढेर ४ हजार ८० रुपैंयाँमा काराेबार भइरहेकाे छ। याे मूल्य हालसम्मकै उच्च हाे ।
प्रतिक्रिया