काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले केही रोचक दृष्य देखाएको छ।
अध्यक्ष पदमा भारी मतान्तरसहित विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने पराजित भएका छन् ।
अध्यक्षमा उनले १ हजार ६ सय ६३ मत ल्याउँदै सहज जित दर्ता गरे पनि खुला केन्द्रीय सदस्यतर्फ भने ९ सय ७९ मतमै सीमित हुँदा उनी २८औँ स्थानमा परेर सूचीबाट बाहिरिए । विधानले अनुमति दिएको व्यवस्था अनुसार ओलीले अध्यक्षसँगै केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका थिए।
यता अध्यक्ष पदमा ५ सय ६४ मत पाएर पराजित भएका ईश्वर पोखरेलले भने केन्द्रीय सदस्यमा सफलता हात पारेका छन् । खुला केन्द्रीय सदस्यतर्फ उनी १ हजार ८८ मतसहित विजयी भएका हुन्।
प्रतिक्रिया