• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

निमा ग्याल्जेन शेर्पाद्वारा कांग्रेस महामन्त्रीमा उमेद्वारी घोषणा

निमा ग्याल्जेन शेर्पाद्वारा कांग्रेस महामन्त्रीमा उमेद्वारी घोषणा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कांग्रेस महामन्त्रीमा उमेद्वारी दिने घोषणा गर्नुभएको छ।

निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रीय एजेन्डा बनाउँदै पार्टीको आधिकारिक तथा नियमित महाधिवेशनका लागि महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने उहाँले घोषणा गर्नुभएको हो। उहाँले उक्त घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै कांग्रेसलाई जनताको वास्तविक पार्टी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक वक्तव्यमा शेर्पाले नेपाली कांग्रेसले तय गरेको पार्टी विधानअनुसारको नियमित महाधिवेशन प्रक्रिया अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पार्नु भएको छ । उहाँका अनुसार यो कुनै विशेष महाधिवेशन नभई नियमित र आधिकारिक महाधिवेशन भएकाले यसैमार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनु आजको आवश्यकता हो।

उहाँले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ धकेल्ने जोखिम रहेको उल्लेख गर्दै नियमित महाधिवेशन नै कांग्रेसको आन्तरिक लोकतन्त्र, एकता र भविष्य सुरक्षित गर्ने मार्ग भएको बताउँदै  पार्टीलाई फुटतर्फ होइन, एकतातर्फ लैजानु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

उहाँले महाधिवेशनलाई सफल बनाउन गाउँ–गाउँबाट प्रतिनिधिहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको जनाउँदै शेर्पाले अग्रज नेता, युवा पुस्ता र क्रियाशील कार्यकर्ताबीचको एकताबद्ध सहभागिताले मात्र कांग्रेसलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्न सकिने बताउनुभयो ।

शेर्पाले नेपाली कांग्रेसको राजनीतिक दिशालाई स्पष्ट पार्दै, शिक्षा र स्वास्थ्यलाई पूर्णरूपमा निःशुल्क तथा सर्वसुलभ बनाउने नीति पार्टीको प्रमुख प्रतिबद्धता हुनुपर्ने धारणा अघि सार्नुभएको छ । यसका साथै पार्टी नेतृत्व समावेशी, सहयोगी र जनमुखी हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले नेतृत्व चयनलाई सह–महामन्त्री तहमा मात्र सीमित नराखी महामन्त्री र उपसभापति तहसम्म सक्षम, प्रतिबद्ध र दूरदर्शी नेतृत्व स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफू त्यस दिशामा जिम्मेवारी लिन तयार रहेको समेत बताउनुभयो।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले सबै कांग्रेसजनलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन निर्माण, पार्टी सुदृढीकरण र वैचारिक स्पष्टतामा एकजुट भई अघि बढ्न आह्वान गर्नुभएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २१, सोमबार १५:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP