काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमति भएकाे छ ।
आठ दलका शीर्ष नेताहरुले आज सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरुबीच कार्तिक १९ गते एकता हुने बताइएकाे छ ।
आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको छ ।

एकता गर्ने सहमति गरेका दलहरुमा नेकपा, नेकपा समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी रहेका छन् ।

प्रतिक्रिया