काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नाे सरकारमा मन्त्रिमण्डल विस्तार गर्दै घिसिङ, अर्याल र खनाललाई आइतबार साँझ मन्त्रीमा नियुक्त गरेकी थिइन् ।
ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार र अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् ।
प्रतिक्रिया