• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देउवा निवासमा पैसाको सुरुङ भेटिएको भन्दै दुष्प्रचार गरियोः सचिवालय (विज्ञप्ति)

देउवा निवासमा पैसाको सुरुङ भेटिएको भन्दै दुष्प्रचार गरियोः सचिवालय (विज्ञप्ति)

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले विज्ञप्ति प्रकाशित गरी ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’ जस्ता कपोकल्पित समाचार सम्प्रेषण भएको जनाएको छ। देउवालाई बदनाम गर्न सामाजिक सञ्जालमा विभिन्न भ्रामक खबर फैलाइएको विज्ञप्तिमा उल्लेख छ।

जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको देउवाका स्वकिय सचिव भानु देउवाले विज्ञप्तिमा स्पष्ट पारेका छन्।

‘सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन्’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता बदनाम गराउने उद्देश्यले विशेषगरी सामाजिक सञ्जालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु।’ उनले गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणामाथि डकैती शैलीमा आक्रमण भएको बताइएको छ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण हुँदा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणा घाइते भएका थिए। देउवा दम्पतीको हाल उपचार भइरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३, शुक्रबार ०१:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP