• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलद्वारा ‘सुझाव बैंक’ स्थापना

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलद्वारा ‘सुझाव बैंक’ स्थापना

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘सुझाव बैंक’ स्थापना गर्नुभएकाे छ। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले ‘सुझाव बैंक’ स्थापना गरिएकाे जानकारी दिनुभयाे।

जनताका आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक भएकाले ‘सुझाव बैंक’ स्थापना गरिएकाे उहाँले बताउनुभयाे ।

मन्त्री खरेलले भन्नुभएकाे छ, ‘मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुझें—मन्त्रालयले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक छ। त्यसैले मैले तपाईंहरूका समस्या, सुझाव र सल्लाह संकलन गर्न ‘सुझाव बैंक’ स्थापना गरेको छु।

म सकेसम्म धेरै जनासँग भेटघाट गर्ने र समस्या सुन्ने एवम् ग्रहण गर्ने योजनामा छु । तर निर्वाचन गराउने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सरकारका प्रमुख प्राथमिकता भएकोले कतिपय अवस्थामा समय अभावका कारण भेटघाट असम्भव हुनसक्छ ।त्यसैले यी सबै बिषयलाई औपचारिकतामा मात्र सीमित नराखी तपाईंहरूको मूल्यवान सुझावमार्फत कामलाई जनमुखी बनाउन चाहन्छु।

👉 कृपया आफ्ना सुझाव र सल्लाह पठाउनुहोस्:
✉️ minister@mocit.gov.np
📱 ९८५१४१०१०१ (WhatsApp)
म तपाईंहरूको हरेक सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता गर्दछु।
— [मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय]



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार १२:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP