• २०८३ असार ३२ | Thu, 16 Jul 2026

प्याब्सन बनेपाकाे दाेस्रो नगर परिषद् सम्पन्न

प्याब्सन बनेपाकाे दाेस्रो नगर परिषद् सम्पन्न

बनेपा । प्याब्सन बनेपा नगर परिषद्को दाेस्रो नगर परिषद् २०८२ सम्पन्न भएको छ । कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष रविन शर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्याब्सनले वार्षिकरुपमा आयोजना गरेका कार्यक्रमहरुको समीक्षा तथा भावि कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमका सभापति तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले प्याब्सनले वर्ष भरिभा विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

नगरका सदस्य विद्यालयका शिक्षकहरुको क्षमता अभिृद्धि, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको विष्टले बताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष लिलाधर पौडेलले राखेका थिए भने शुभकामना मन्तब्य प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसी, सचिवालय सदस्य हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेलले लगायतले राखेका थिए ।

कार्यक्रममा केन्द्रीय परिषद्का सदस्य रवि वैद्य, पूर्वकेन्द्रीय सदस्यद्वय पूर्णकुमार श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, केन्द्रीय सदस्य डा. राममणि सापकोटा, प्याब्सनका जिल्ला पदाधिकारीहरु, प्याब्सन धुलिखेल नगर, पनौती, पाँचखाल नगरका अध्यक्ष, विभिन्न प्रकाशन प्रालिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १२, शनिबार ००:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP