सिन्धुपाल्चाेक । पाख्रीन तामाङ समाजका सल्लाहकार, संविधानसभा सदस्य एवम् पूर्वमन्त्री दिलमान पाख्रीनले पाख्रीन वंश केवल एक थर मात्र नभई तामाङ समुदायको सभ्यता, संस्कार र इतिहास बोकेको गौरवपूर्ण पहिचान भएको बताउनु भएकाे छ।
प्रमुख अतिथि एवम् पाख्रीन तामाङ समाजका संरक्षकसमेत रहेका तामाङले हाम्रा कुलदेवता, भाब्सा, ठुङ्सा र वंशावलीको वैज्ञानिक र ऐतिहासिक खोज अनुसन्धान आजको आवश्यकता रहेको धारणा राख्दै आफ्नै इतिहास नचिन्ने समुदायले भविष्यको बाटो पहिल्याउन नसक्ने जिकिर बताउनुभयो । उहाँले विश्वभर छरिएर रहेका पाख्रीन वंशजहरूलाई एकताको सूत्रमा बाँध्दै शिक्षा, संस्कृति र सामाजिक नेतृत्वमा अगाडि बढ्न आग्रह गर्नुभयो।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको स्थलमा सम्पन्न अधिवेशनमा पूर्वसचिव धनबहादुर पाख्रीनले समाजलाई भावनात्मक मात्र नभई संस्थागतरूपमा सबल बनाउनु पर्ने बताउँदै नीति, योजना र दीर्घकालीन सोचसहित अघि बढेमा समाजले राष्ट्रिय तहमा प्रभावशाली भूमिका खेल्न सक्ने धारणा राख्नुभयो।
पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामाले पाख्रीन समाजले वंशको पहिचान, इतिहास, संस्कृति र सम्पदाको संरक्षणका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

ककनी गाउँपालिका अध्यक्ष सुमन पाख्रीन तामाङले आफ्नो मौलिक संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक दस्तावेजहरूलाई व्यवस्थितरूपमा संरक्षण र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिंदै त्यसमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्वता व्यक्त गर्नुभयो ।
त्यस्तै, इतिहासकार एवम् लेखक रबिन्द्र तामाङले पाख्रीन वंशको उत्पत्ति, बसाइँसराइ र सामाजिक संरचनामाथि थप अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै, “इतिहास लेखिनु मात्र होइन, प्रमाणसहित डिजिटलाईजेशनसहित पुस्तान्तरण गर्नु अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो।
पाख्रीन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रीनको अध्यक्षतामा सम्पन्न ऐतिहासिक तेस्रो अधिवेशनले छिरिङ दोर्जे पाख्रीनको नेतृत्वमा तपशील बमोजिमको नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष: छिरिङ दाेर्जे पाख्रीन (मकवानपुर )
उपाध्यक्ष : ज्ञान बहादुर पाख्रीन (चितवन)
उपाध्यक्ष : वसन्ती पाख्रीन (दाेलखा)
उपाध्यक्ष : काेसी प्रदेशमा पछि मनाेनित गरिने
महासचिव : हिमाल पाख्रीन (सिन्धुपाल्चोक )
सचिव : दीपा पाख्रीन (रामेछाप )
सचिव : प्रतिक पाख्रीन ( काभ्रे )
सचिव: पल्लब पाख्रीन (रामेछाप )
काेषाध्यक्ष : तेन्जिङ पाल्दाेन पाख्रीन ( तनहुँ)
केन्द्रीय सदस्यहरू
प्रताव पाख्रीन (पर्सा )
केवल पाख्रीन -इलाम
बुद्ध पाख्रीन -काभ्रे
सन्चवीर पाख्रीन -सिन्धुपाल्चोक
हित बहादुर पाख्रीन -सिन्धुपाल्चोक
जंगबहादुर पाख्रीन -सिन्धुपाल्चोक
जीवन पाख्रीन -काभ्रे
जित बहादुर तामाङ -दाेलखा
मकल पाख्रीन -दाेलखा
दिल बहादुर तामाङ -माेरङ
सुब्बालाल तामाङ -चितवन
चाेचलराज पाख्रीन -सिन्धुली
किशाेर पाख्रीन काठमाडौं
रत्न तामाङ -नुवाकोट
चक्र पाख्रीन -नुवाकोट
हस्त पाख्रीन -सुनसरी
साेनम पाख्रीन -सिन्धुपाल्चोक
साेम्फे पाख्रीन -काठमाडौं
सुवास पाख्रीन -झापा
पवन पाख्रीन -रामेछाप
हर्क पाख्रीन -सुनसरी
कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपा पाख्रीन, गोले समाज अध्यक्ष, घिसिङ समाजका महासचिव र समाजका अग्रज ब्यक्तित्वहरु लगायत विशिष्ट व्यक्तित्वहरूको विशेष सहभागीता रहेको थियो। अधिवेशन पाख्रीन समाजलाई एकीकृत गर्दै पहिचान, अनुसन्धान र नेतृत्व विकासमार्फत समाजलाई अग्रणी स्थानमा पुर्याउने संकल्पका साथ सम्पन्न भएको छ।
प्रतिक्रिया