• २०८३ असार ३० | Tue, 14 Jul 2026

प्रहरीद्वारा मंसिरमा ४० करोड २५ लाख ४९ हजार ९६५ राजस्व दाखिला (कुन शिर्षकमा कति ?)

प्रहरीद्वारा मंसिरमा ४० करोड २५ लाख ४९ हजार ९६५ राजस्व दाखिला (कुन शिर्षकमा कति ?)

काठमाडौँ । नेपाल प्रहरीले गत मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार ९६५ रुपैंयाँ राजस्व दाखिला गरेको छ ।

विभिन्न शिर्षकमा भएका कारबाही तथा जरिवानाबापत उठेको रकम सरकारको खातामा जम्मा गरिएको प्रहरीले जनाएको छ । जसमा अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार ५४४ जम्मा गरिएको छ । यो कूल राजस्वको ३०.७४ प्रतिशत हो ।

यस्तै ट्राफिक कारबाहीबाट १७.७८ प्रतिशत अर्थात् ७ करोड १५ लाख ९३ हजार ४५२ जम्मा भएको छ । अवैध सुन बरामदबाट ८९ लाख ४५ हजार ३९३ अर्थात् २.२२ प्रतिशत, अवैध मालसामान बरामदबाट १७ करोड ९५ लाख ६७ हजार २५९ अर्थात् ४४.६१ प्रतिशत जम्मा गरिएको छ ।

यसैगरि स्रोत नखुलेको रकम ८५ लाख ९ हजार २९८ (२.११), अवैध नदीजन्य पद्धार्थ उत्खननबाट २७ लाख ६४ हजार ५५७ अर्थात् ०.६९ प्रतिशत, अवैध काठ बरामदबाट २ लाख ८७ हजार ५०० अर्थात् ०.०७ प्रतिशत, अवैध पशुपन्छीबाट ७ लाख २ हजार ३०० अर्थात् ०.१७ प्रतिशत, अवैध मुद्रा बरामदबाट ८५ लाख ९ हजार २९८ अर्थात् २.११ प्रतिशत र हुण्डी कारोबारबाट ६४ लाख ४३ हजार ६७० अर्थात १.६० प्रतिशत राजस्व दाखिला गरिएको प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार १४:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP