• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा पनि आंशिक बदली भएकाे छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । साथै तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसाे तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ५, सोमबार ०१:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP