काठमाडौँ । दार्चुलामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०ः४० बजे चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हाे।
भूकम्पका कारण नेपालको दार्चुला, भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो।
भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
प्रतिक्रिया