काठमाडौँ । असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ।
विभागले वर्षासँगै पहिरोको पनि जोखिम भएकाले राति यात्रा नगर्न आग्रह गरेको छ। यस विषयमा सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।
साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया