• २०८३ असार ३२ | Thu, 16 Jul 2026

चितवनको सौराहामा संस्कृति-पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया

चितवनको सौराहामा संस्कृति-पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया

चितवन । बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा “संस्कृति तथा पर्यटन प्रवर्द्धन एवं प्रचारप्रसारमा सञ्चारकर्मीहरूको भूमिका” विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ।

कार्यक्रममा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रचारप्रसार, बागमती प्रदेशका सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण तथा विकासका विषयमा विस्तृत छलफल भइरहेको छ।

अन्तरक्रियामा बागमती प्रदेशका विभिन्न सञ्चारमाध्यमसँग आबद्ध सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा विषयविज्ञहरूको सहभागिता रहेको छ। कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव देवेन्द्र सुवेदी र पत्रकार अशोक सिलवालले सहजीकरण गर्दै संस्कृति र पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको प्रभावकारी भूमिका, धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा जिम्मेवार पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिइरहेका छन्।

कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ बागमती प्रदेशले गरेको हो। महासंघका अध्यक्ष कृष्णसारु मगरले संस्कृति र पर्यटन क्षेत्रको विकास तथा प्रदेशका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

यस्ता कार्यक्रमले सञ्चारकर्मीको क्षमता अभिवृद्धिसँगै प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने उहाँको विश्वास छ। दुई दिने अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न हुनेछ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १५, सोमबार १८:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP