• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

काठमाडौँको शंखरापुरस्थित जहरसिंह पौवामा बस दुर्घटना, चार जनाकाे मृत्यु

काठमाडौँको शंखरापुरस्थित जहरसिंह पौवामा बस दुर्घटना, चार जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जंगलमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको छ ।

बानेश्वरस्थित नेचर हब कम्पनी लिमिटेडका कर्मचारीहरु वनभोज खाएर फर्कने क्रममा बस दुर्घटना भएको प्रहरीले जनाएकाे छ । बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ। बसमा झण्डै ३५ देखि ४० जना यात्रुहरु सवार थिए ।

दुर्घटनामा घाइते भएका मध्ये चार जनाकाे मृत्यु भएकाे छ । घाइतेहरुको उद्दार गरी विभिन्न अस्पताल लगिएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन् । जसमा १६ जना महिला र ११ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २३, बुधबार १५:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP