काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लागेको छ । मधेस र कोशीको तराई भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने र तराई भागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरू साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी भागमा आंशिक बादल लाग्ने र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया