• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषध खैरो हेरोइनसहित काठमाडौँबाट दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित काठमाडौँबाट दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ बनस्थलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ ठमेल बस्ने मोरङ सुन्दरहरैँचा नगरपालिका-७ घर भएका २४ वर्षीय नितुन मगर र काठमाडौँ बानेश्वर बस्ने ओखलढुंगा घर भएका २५ वर्षीय निश्चल कार्की रहेका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १०, आईतवार १२:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP