• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ माघ ६ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

२०८२ माघ ६ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल माघ ६ गते मंगलबार तदनुसार २० जनवरी २०२६ । द्वितीया तिथी ४९ घडी ५ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र १६ घडी ३० पला उप्रान्त धनिष्ठा नक्षत्र प्रारम्भ हुनेछ । सिद्ध योग बायब करण आज बिहान सूर्योदय ६:५७ मा र सूर्यास्त साँझ ५:३३ मा हुनेछ । आज मंगलबार चन्द्रमा मकर राशिमा ।

मेष राशि
वैदेशिक कार्यबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । अनावश्यकरूपमा झैझगडाको सामना गर्नुपर्ने छ । अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ । आफन्तबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ।

वृष राशि
पारिवारिक कलह बढेर जानेछ । शेयर बजारबाट हानी हुने देखिन्छ । यात्रामा बाधा आउने योग छ । मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ ।

मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ । पठनपाठनमा सफलता पाइनुका साथै शत्रुपक्षबाट तपाईंकै जित हुने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।

कर्कट राशि
पराक्रम बढेर जानेछ । बोलीमा माधुर्यता छाउने छ । स्थायी सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ । शैक्षिक कार्यमा प्रगति भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ।

सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। सामाजिक काममा वादविवाद बढेर जानेछ। लेखनशैलीमा कमी आउने योग रहेकाले मनमा चिन्ता बढेर जानेछ।

कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। गरिरहेको काममा बाधा आउनुका साथै शारीरिक कालस्यता बढेर जानेछ।

तुला राशि
आयर्जनमा वृद्धि भएर जाने देखिन्छ। बोलीमा माधुर्यता छाउने छ । दाजुभाइको सरसहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।

वृश्चिक राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ। दाजुभाइको सरसहयोग पाइने योग छ । आर्थिक लेनदेनमा वृद्धि भएर जानाले मनमा खुसी छाउनेछ।

धनु राशि
मानसम्मानमा आघात पुग्ने देखिन्छ। सौन्दर्यतामा कमी आउनेछ। पारिवारिक कलह बढेर जानेछ। राजनीतिमा आफूलाई पछाडि पार्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

मकर राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पराक्रममा वृद्धि भएर जानेछ। हराएको धनमाल भेटाउन सक्ने सम्भावना प्रबलरुपमा बढेर गएको छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

कुम्भ राशि
पारिवारिक समस्याले सताउने देखिन्छ । मानसम्मानमा आघात पुग्नेछ । बोलीमा कठोरता आउनुका साथै वैदेशिक कार्यबाट घाटा व्यहोर्नु पर्दा मनमा चिन्ता बढेर जानेछ ।

मीन राशि
धातुजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनेछ। पुराना साथीभाइसँगको सहयोगले फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ६, मंगलवार ०१:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP