बनेपा । २०८२ साल मार्ग २९ गते सोमबार तदनुसार १५ डिसेम्बर २०२५ । एकादशी तिथी ३९ घडी १६ पला द्वादशी तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र १६ घडी १३ पला उप्रान्त स्वाती नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग बयब करण आज बिहान सूर्योदय ६:४८ मा र सूर्यास्त साँझ ५:९ मा हुनेछ । आज सोमबार चन्द्रमा कर्कट राशिमा ।
मेष राशि
आयमा कमि विद्यामा बाधा आउने देखिन्छ। अनावश्यकरूपमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेतन सक्ने सम्भावना बढेर गएको छ।
वृष राशि
पठन पाठनमा वृद्धि भएर जानेछ । बोलीमा माधुर्यता छाउनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । आर्थिक लेनदेनमा वृद्धि भएर जाने देखिन्छ । मुद्दा मामिलामा तपाईंकै जित हुनेछ ।
मिथुन राशि
पराक्रममा कमी आउनेछ । शिक्षा क्षेत्रमा ह्रास आउनेछ । गरिरहेको काममा वाधा आउने देखिन्छ । पारिवारिक कलह बढेर जानुका साथै सामाजिक काममा समेत विवाद बढेर जानेछ ।
कर्कट राशि
बोलीको प्रभाव बढेर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । पैत्रिक सम्पत्तिमा वृद्धि हुनुका साथै मान सम्मानमा समेत वृद्धि हुने योग छ । अनावश्यक खर्चमा कमी आउने देखिन्छ।
सिंह राशि
वैदेशिक कार्यमा सफलता पाइने योग छ। सवारी साधन खरिद गर्ने देखिन्छ। लेखनशैलीमा तीव्रता हुनेछ। आकस्मिकरुपमा आयमा वृद्धि हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ। प्रेम गर्ने अवसर जुट्नेछ।
कन्या राशि
न्यायिक काममा बाधा आउने छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ। मानसम्मानमा आघात पुग्नेछ। सानोतिनो कुरामा पनि पारिवारिक कलह बढेर जाने योग छ।
तुला राशि
दुग्ध जन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ। सौन्दर्यतामा मन जानेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ । धातुजन्य पदार्थबाट राम्रै आम्दानी हुने योग छ।
वृश्चिक राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। आयमा कमी आउनेछ। पठनपाठनमा असफलता प्राप्त हुनाले मानसिक तनाव बढेर जाने देखिन्छ।
धनु राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा माधुर्यता छाउनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। कृषि तथा चौपायाबाट लाभ लिन सकिनेछ।
मकर राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ मातृ स्वास्थ्यमा उतारचढाव आउने योग छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा भने विचार पुर्याउनुपर्ने देखिन्छ । अनावश्यक विवादको सामना गर्नुपर्नेछ।
कुम्भ राशि
पारिवारिक कल बढेर जानेछ । अध्ययन अध्यापनमा बाधा आउनेछ। स्वास्थ्यमा सुधार आउनुका साथै विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ। धनमाल हराउन सक्ने देखिन्छ।
मीन राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा मिठास छाउनेछ। पतिपत्नीबीच मेलमिलाप बढेर जानेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित भएर जानेछ। शत्रु पक्षबाट तपाईंकै जित हुनेछ।
प्रतिक्रिया