• २०८३ असार ३० | Tue, 14 Jul 2026

२०८२ आश्विन १९ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

२०८२ आश्विन १९ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । २०८२ साल आश्विन १९ गते आइतबार तदनुसार ५ अक्टोबर २०२५ । त्रयोदशी तिथी १७ घडी २२ पला चतुर्दशी तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र २ घडी ७ पला उप्रान्त पूर्वभाद्र नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग तैतिल करण आज बिहान सूर्योदय ५:५९ मा भयो भने सूर्यास्त साँझ ५:४४ मा हुनेछ । आज आइतबार चन्द्रमा कुम्भ राशिमा ।

मेष राशि
अध्ययन अध्यापनमा प्राविधिक क्षेत्रमा अगाडि बढ्ने योग छ। कृषि क्षेत्रमा सुधार भएर जानेछ। बोलीमा मिठास छाउने छ। न्यायिक कार्यमा सरिक भइनेछ। दाजुभाइको सरसहयोग पाइनुले मनमा खुशी छाउने छ।

वृष राशि
शारीरिक आलस्यता बढेर जानेछ । बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढेर जानेछ। धार्मिक कार्यमा बाधा आउने देखिन्छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ।

मिथुन राशि
बोलीमा कठोरता आउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने योग छ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। आफन्तमा अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ ।

कर्कट राशि
आर्थिक क्षेत्रमा बृद्धि भएर जानेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले मनमा खुशी छाउने छ। व्यापार व्यवसायमा सफलता पाइने योग छ। जागिरमा पदोन्नति भएर जानेछ।

सिंह राशि
बोलीको प्रभाव बढेर जानेछ। अनावश्यकरुपमा चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पारिवारिक सरसहयोगले फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

कन्या राशि
आफन्तमा बहिरभाव आउने देखिन्छ । थोरै कुरामा पनि विवादको सामना गर्नुपर्नेछ। व्यवसायमा ह्रास आउनुका साथै अध्ययनमा समेत बाधा आउने योग छ।

तुला राशि
गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। लेखनशैलीमा कमी आउनेछ। जग्गा जमिनसम्बन्धी काममा ह्रास आउनुका साथै राज्य पक्षबाट समेत कष्टता आउनेछ।

वृश्चिक राशि
भौतिक साधन तथा व्यवसायमा सुधार भएर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। मनोरञ्जनमा समय व्यतीत हुनाले मनमा आनन्द छाउनेछ।

धनु राशि
शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ। राजनीतिमा सफलता पाइने योग छ । कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ।

मकर राशि
सवारी साधनबाट जोगिनु पर्नेछ। लेखन शैलीमा कमी आउने देखिन्छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । थोरै कुरामा पनि विवादको सामना गर्नुपर्ने देखिन्छ।

कुम्भ राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । थोरै कुरामा लामो वादविवादको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।

मीन राशि
बोलीको प्रभाव बढेर गएको छ। लेखन शैलीमा तीव्रता हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १९, आईतवार ०१:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP