• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

उच्च अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

उच्च अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौँ । आइतबार शेयर बजार परिसूचक (नेप्से) मा हरियाली छाएको छ । आज परिसूचक ५७.५५ अंकले बढेर २ हजार ७७२.१७ को बिन्दुमा पुगेकाे हाे ।

आज दिनभरमा ३३१ वटा कम्पनीका ३ करोड ९ लाख कित्ता शेयर खरिदबिक्री हुँदा कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज अधिकांश कम्पनीको मूल्य सकारात्मक देखियो । कारोबार भएका कुल कम्पनीमध्ये २४० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको मूल्य घटेको छ । पाँचवटा कम्पनीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

आज बजारमा सबै सूचकमा एक प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ । सबैभन्दा धेरै होटल इन्डेक्स ३.३५ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा अरुण काबेली पावर अग्रस्थानमा रह्यो । जसको ४३ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो भने ग्रीन भेन्चरको ३९ करोड ७७ लाख र शिवम सिमेन्टको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ११, आईतवार १३:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP