• २०८३ असार ३० | Tue, 14 Jul 2026

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा छ ।

आज दिउँसो तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहने र कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १७, शनिबार ०१:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP