धुलिखेल । धुलिखेलमा पनि शुक्रबारे हाटबजारको सुरुवात भएको छ। स्थानीय महिला समूहको अगुवाइमा शुक्रबारे हाटबजारको सुरुवात भएको हाे ।
हाट बजारमार्फत स्थानीय खाना, कृषि उत्पादन र हस्तकलाका सामाग्रीहरुको प्रबर्द्धन हुने आयोजकहरुको अपेक्षा रहेको छ ।
यसअघि काभ्रेकाे बनेपा र मण्डनदेउपुरकाे नगरकाेटमा हाटबजार संचालनमा आइसकेका छन् । यसरी खुलेका हाटबजारमा किसानले आफ्नाे उत्पादन साेझै उपभाेक्तालाई बिक्री गर्नेछन् भने उपभाेक्ताले पनि बिचाैलियाकाे प्रभावमा नपरी किसानसँग सहुलियतमा कृषि उत्पादनहरु खरिद गर्न सक्नेछन् ।
हरेक पालिकामा एक हाटबजारकाे आवश्यकता देखिएकाे उपभाेक्ताहरु बताउँछन् ।

तस्बीरहरुः कृषि विकास कार्यालय, काभ्रे
प्रतिक्रिया