• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मंगलबार उच्च अंकले बढेकाे शेयर बजार आज एकल अंकले घट्याे

मंगलबार उच्च अंकले बढेकाे शेयर बजार आज एकल अंकले घट्याे

काठमाडौँ । मंगलबार उच्च अंकले बढेकाे शेयर बजार आज एकल अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक आज ५.१७ अंकले घटेर २ हजार ५६६.१६ विन्दुमा झरेको हाे। मंगलबार ६६ अंकले बृद्धि भएको थियाे । आज सेन्सेटिभ इण्ड‍ेक्स ०.३४ प्रतिशतले घटेर ४४७.४१ विन्दुमा पुगेको छ।

नेप्सेमा आज करिब साढे ५ अर्बको कारोबार भएको छ। आज ३२१ कम्पनीका १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भए ।

खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर ९.९८ प्रतिशतले बढेकाे छ। मानुषी लघुवित्तको ९.९१, हिमालयन पावर पार्टनरको ८.७४ र आशा लघुवित्त वित्तीय संस्थाको ७.६८ प्रतिशतले बढेकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १२, बुधबार १०:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP