• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम

आजकाे माैसमः देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको छ ।

बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ३०, बुधबार ०१:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP