• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

जर्जिया पठाइदिन्छु भन्दै ६ लाख ५० हजार ठगी, काभ्रेकाे महाभारतका पूर्णबहादुर पक्राउ

जर्जिया पठाइदिन्छु भन्दै ६ लाख ५० हजार ठगी, काभ्रेकाे महाभारतका पूर्णबहादुर पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँकाे कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने काभ्रे महाभारत गाउँपालिका-६ घर भएका ५२ वर्षीय पूर्णबहादुर वाईवालाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

पूर्णबहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ बाट पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २१, बुधबार ०१:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP