• २०८३ असार ३० | Tue, 14 Jul 2026

आजकाे माैसमः देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

आजकाे माैसमः देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहनेछ । देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २८, बुधबार ०१:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP