• २०८३ असार ३२ | Thu, 16 Jul 2026

ज्योति भञ्ज्याङ आधारभूत विद्यालयकाे ४२ औँ वार्षिकोत्सव सम्पन्न

ज्योति भञ्ज्याङ आधारभूत विद्यालयकाे ४२ औँ वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चाेक । श्री ज्योति भञ्ज्याङ आधारभूत विद्यालय, मेलम्ची–७ को ४२ औँ वार्षिकोत्सव तथा २२ औँ अभिभावक दिवस मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षा सबैका लागि अनिवार्य र आधारभूत अधिकार भएको उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले लगानीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विद्यालयहरूको सुदृढीकरण नै समग्र समाज विकासको आधार भएको धारणा राख्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, पूर्वगाविस अध्यक्ष अर्जुन गिरी लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो । प्रधानाध्यपक धिरज श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुती तथा विविध रचनात्मक कार्यक्रम प्रस्तुत गरी उत्सवलाई थप उल्लासमय बनाएका थियो । वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बन्ने विश्वास सहभागीहरुले व्यक्त गरेका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २८, बुधबार १४:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP