• २०८३ असार ३२ | Thu, 16 Jul 2026

राेकिएन अवैध लागूऔषध काराेबार, थप ६ जना पक्राउ

राेकिएन अवैध लागूऔषध काराेबार, थप ६ जना पक्राउ

काठमाडाैँ । अवैध लागूऔषधसहित थप ६ जना पक्राउ परेका छन् । स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका-१ जिरोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुलसहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिस थापासमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले ना.२२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ स्थित कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-३ देखदभुली बस्ने २० वर्षीय दिपेश रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बैजनाथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ डेरा गरी बस्ने बर्दगोरिया गाउँपालिका-२ घर भएका २९ वर्षीय कनैया चौधरीसमेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १३, बुधबार ०७:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP