• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

२०८२ साल फागुन १५ गते शुक्रबारः यस्ताे छ आजको राशिफल

२०८२ साल फागुन १५ गते शुक्रबारः यस्ताे छ आजको राशिफल

काठमाडौँ । आज २०८२ साल फागुन १५ गते शुक्रबार । फागुन शुक्ल पक्षको एकादशी तिथी । आज अमलकी एकादशी व्रत । तदनुसार सन् २०२६ फेब्रुअरी २७ तारिख । यस्ताे छ आजको राशिफलः

मेष : बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । धार्मिक भ्रमण हुने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । बोल्दा सचेत नभएमा पछुतो हुनेछ ।

मिथुन : आम्दानी र इज्जत बढ्नेछ । राज्यको प्रमुख निकायमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : दिन खराब भएकाले पिपलको दर्शन गर्नुहोला । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

सिंह : परिवारमा रमाइलो भेटघाट हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कन्या : आज गला र कलाको प्रशंसा हुनेछ । साथीको साथ लिएर योजना अनुसार अगाडि बढ्दा फाइदा हुनेछ । आज सोचेका काम बन्ने योग रहेको छ । गुरुको सल्लाह लिनुपर्ने दिन छ ।

तुला : आज शत्रु बढ्नेछन् । महत्त्वपूर्ण निर्णयमा अवरोध खडा हुनेछ । साथीभाइले असहयोग गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिक : बौद्धिक क्षेत्रका व्यक्तिको पहुँच रहेकाले राम्रा काम गर्ने हिम्मत गर्नुपर्नेछ । विपक्षीलाई पराजित गर्ने शक्ति मिल्नेछ ।

धनु : व्यापारमा नाफा कमाउने योग छ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । बौद्धिक साथीले विपक्षी समूहलाई साथ दिँदा व्यवस्थापनमा कठिनाइ हुनेछ ।

मकर : प्राविधिक शिक्षामा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । आफूभन्दा ठूलासँग बौद्धिक टकराब हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कुम्भ : आफूभन्दा ठूलासँग बोल्दा नम्र बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा विश्वास बढ्नेछ ।

मीन : दातृ संस्थामा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर रहे पनि सामाजिक क्षेत्रमा हरेक अप्ठेरो परिस्थिती बन्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १५, शुक्रबार ०१:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP