• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रतिनिधि सभा सदस्य निर्वाचनः आज मध्यरातदेखि मौन अवधि शुरु हुने

प्रतिनिधि सभा सदस्य निर्वाचनः आज मध्यरातदेखि मौन अवधि शुरु हुने

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र प्रचारप्रसार गर्न पाउनेछन् । आज मध्यरातदेखि मौन अवधि शुरु हुँदैछ।

आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको हाे । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले प्रष्ट पारेकाे छ ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म माैन अवधि लागू हुनेछ । यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने आयाेगले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १८, सोमबार ०१:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP