• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

संसद् सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

संसद् सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज संघीय संसद् सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते यो दिवस मनाउने गरिन्छ ।

२०५८ सालमा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।

निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यवसायिक सेवा हो ।

संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २८, आईतवार ०१:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP