• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

फेब्रुअरीमा पर्यटक आगमनमा उच्च वृद्धि, कुन देशबाट कति आए ?

फेब्रुअरीमा पर्यटक आगमनमा उच्च वृद्धि, कुन देशबाट कति आए ?

काठमाडौँ । गत महिना पर्यटक आगमन उच्च दरमा बढेको छ । सन् २०२६ फेब्रुअरीमा नेपालमा १ लाख ५ हजार ४ सय ४१ पर्यटक भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ को फेब्रुअरीको तुलनामा पर्यटक आगमन ८.८ प्रतिशतले बढेको छ । सन् २०२५ को फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल आएका थिए ।

अहिले पर्यटक आगमन कोभिडअगाडिको अवस्थाभन्दा माथि पुगेको छ । सन् २०१९ फेब्रुअरीमा १ लाख २ हजार ४२३ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

बाह्य पर्यटकमा भारतीय पर्यटकको संख्या धेरै छ । फेब्रुअरीमा २२ हजार ७४५ भारतीय पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको फेब्रुअरीको तुलनामा १८.५ प्रतिशत बढी हो ।

त्यस्तै उत्तरी छिमेकी देश चीनबाट ३०.६ प्रतिशत, श्रीलंकाबाट ७२ प्रतिशत र म्यानमारबाट ९१.६ प्रतिशत पर्यटक आगमन बढेको छ । मलेसिया, थाइल्यान्ड र अन्य बौद्धमार्गी देशबाट पनि उत्साहजनक सुधार देखिएको छ ।

बंगलादेशबाट आउने पर्यटकमा भने ३३.७ प्रतिशत गिरावट आएको छ । अमेरिकाबाट आउने पर्यटक संख्या घटेर ९ हजार ७१० मा झरेको छ भने बेलायतबाट आगमन ११.१ प्रतिशत बढेको छ ।

अस्ट्रेलियाबाट आउने पर्यटक संख्या पनि घटेको छ । जनवरीमा नेपालमा ९२ हजार ७५३ पर्यटक भित्रिएका थिए । मासिक हिसाबले जनवरी र फेब्रुअरी दुवैमा आगमनमा सुधार देखिनुले सन् २०२६ नेपाल पर्यटनका लागि आशाजनक वर्ष बन्ने संकेत गरेको छ ।news24 दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २०, बुधबार ०१:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP