• २०८३ असार ३१ | Wed, 15 Jul 2026

४२ स्थानकाे मत परिणाम आयाेः रास्वपा ३३ र कांग्रेस ५ स्थानमा विजयी

४२ स्थानकाे मत परिणाम आयाेः रास्वपा ३३ र कांग्रेस ५ स्थानमा विजयी

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आइरहेका छन् । निर्वाचन आयाेगका अनुसार हालसम्म ४२ स्थानकाे नतिजा आइसकेकाे छ ।

विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् । मतगणना जारी रहेकास्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।

जसमा रास्वपा ८६ स्थानमा अग्रता रहँदा ३३ स्थानमा विजयी भइसकेकाे छ। कांग्रेस १० स्थानमा अघि छ भने ५ स्थानमा जीत हात पारेकाे छ। यस्तै एमाले ८ स्थानमा अघि र दुई स्थानमा जीत हात पारेकाे छ ।

नेकपाले ८ क्षेत्रमा अघि र एक स्थानमा जीत हात पारेकाे छ । श्रम संस्कृति ५ स्थानमा अघि देखिएका छन् । यसैगरि अन्य दल २ स्थानमा अघि देखिन्छन् भने स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट हात पारेका छन् । उता समानुपातिकमा पनि रास्वपा नै अघि देखिएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २३, शनिबार ०६:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP