• २०८३ असार ३१ | Wed, 15 Jul 2026

६९ औं राष्ट्रिय सहकारी दिवस भव्यरुपमा मनाउन जिल्ला सहकारी संघ काभ्रेकाे अनुराेध

६९ औं राष्ट्रिय सहकारी दिवस भव्यरुपमा मनाउन जिल्ला सहकारी संघ काभ्रेकाे अनुराेध

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेले ६९ औं राष्ट्रिय सहकारी दिवस २०८२ को अवसर पारेर विविध कार्यक्रम आयोजना गर्ने भएको छ । “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित सञ्चालन हुने कार्यक्रमहरूले सहकारी क्षेत्रको सुदृढीकरण, आर्थिक समावेशिता तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। संघले सम्पूर्ण सहकारीकर्मी, सदस्य, युवा तथा सर्वसाधारणलाई कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाई सहकारी अभियानलाई थप सशक्त बनाउन आह्वान गरेको छ।

चैत १६ गतेदेखि २० गतेसम्म विभिन्न विषयगत कार्यक्रमहरू तय गरिएको संघले जनाएकाे हो । कार्यक्रम अन्तर्गत चैत १६ गते महिला उद्यमशीलता विकाससम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । जिल्ला सहकारी संघको सभाहलमा बिहान १०:३० बजेदेखि सुरु हुने साे कार्यक्रममा महिला उद्यमी, सहकारीकर्मी तथा विज्ञहरूबीच अनुभव आदानप्रदान, चुनौती र अवसरबारे छलफल गरिने बताइएकाे छ।

त्यसैगरी, चैत १८ गते बनेपा–११ स्थित एबिएम फुटसलमा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ । बिहान ८:०० बजेदेखि सुरु हुने साे प्रतियोगितामा जिल्लाभरका सहकारी संस्थाहरूकाे सहभागिता रहनेछ। प्रतियोगिताले सहकारीकर्मीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, टीमवर्कको भावना विकास गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।प्रतियोगिताका लागि टिम दर्ता चैत १२ गतेसम्म खुला राखिएको छ।

कार्यक्रमको अन्तिम चरणमा चैत २० गते जिल्ला सहकारी संघको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिनेछ । बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुने कार्यक्रममार्फत आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य लिइएको छ ।

संघले “समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान” भन्ने नारालाई अघि सार्दै सहकारीको पहुँच विस्तार, वित्तीय साक्षरता अभिवृद्धि तथा सदस्यता विस्तार अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ८, आईतवार १२:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP