काठमाडौँ । आज २०८२ साल चैत १८ गते बुधबार चैत शुक्ल पक्षको चतुर्दशी तिथी । तदनुसार सन् २०२६ अप्रिल १ तारिख । यस्ताे छ आजकाे राशिफलः
मेष : स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले सहयोग गर्नेछन् । व्यापारमा नाफा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
वृष : साथीले सहयोग नगर्दा मन अशान्त बन्न सक्छ । आज व्यापारमा ठूलो लगानी नगर्नु उचित हुनेछ । प्रेमसम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तर खर्च भने बढ्ने छ । प्रेमसम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : परिवारमा मेलमिलाप हुनेछ । स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग छ । धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्।
सिंह : हरेक काममा सफलताका लागि मिहेनत गर्नुपर्ने समय छ । विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ । एकलभन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ।
कन्या : परिवारको साथमा आफन्तसँग भेट हुनेछ । मिष्ठान्न भोजन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।
तुला : आफन्तले प्रशंसा गर्नेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय छ ।
वृश्चिक : व्यवहारिक बोझले केही समस्या देखिनेछन् । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।
धनु : शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ । घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
मकर : तपाईंलाई राज्यको तर्फबाट मान सम्मान प्राप्त हुनेछ । राजनीतिक नियुक्तको अवसर प्राप्त हुने योग छ । संकटमा साथीको साथ मिल्नेछ ।
कुम्भ : श्रमको मूल्य प्राप्त गर्दा मन शान्त बन्नेछ । परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अब्बल बन्ने दिन छ।
मीन : लगानीका क्षेत्रमा फाइदा हुने योग छ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ।
प्रतिक्रिया