• २०८३ असार ३१ | Wed, 15 Jul 2026

करिब २ सय २५ किलो गाँजासहित सुनसरीबाट दुई जना पक्राउ

करिब २ सय २५ किलो गाँजासहित सुनसरीबाट दुई जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजा करिब २ सय २५ किलोग्रामसहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीय बिशेष माझीसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ९४७५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित दुई जना पक्राउ
उदयपुर । उदयपुरगढी गाउँपालिका-६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय अरूण राई र अरूणकै श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । घाइते अरूणको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

स्याङ्जा, विरूवा गाउँपालिका-७ चित्लाङ बस्ने ४६ वर्षीय केशबहादुर गुरूङलाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केश बहादुरको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने ५० वर्षीय मखमल चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मखमल समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार ७ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २, बुधबार ०७:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP