• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

देशका चार राजमार्ग पूर्णरुपमा अवरुद्ध, अरनिकाे राजमार्ग एकतर्फी संचालनमा (सूचीसहित)

देशका चार राजमार्ग पूर्णरुपमा अवरुद्ध, अरनिकाे राजमार्ग एकतर्फी संचालनमा (सूचीसहित)

काठमाडौँ । देशभर भइरहेकाे अविरल वर्षाका कारण यतिबेला चार वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले दिएकाे पछिल्लाे जानकारी अनुसार संखुवासभा, रसुवा, सिन्धुपाल्चाेक र काभ्रेका सडकहरु केही पूर्णरुपमा बन्द त केही एकतर्फी संचालनमा रहेका छन् ।

काभ्रेकाे अरनिकाे राजमार्ग अन्तर्गत धुलिखेल-खावा खण्डस्थित पकुचामा एकतर्फी यातायात संचालन भइरहेकाे छ ।

उता रसुवाकाे पासाङ ल्हामु राजमार्ग र नेपाल चीन जाेड्ने मार्ग पूर्णरुपमा अवरुद्ध छ । यता सिन्धुपाल्चाेककाे अरनिकाे राजमार्ग एकतर्फी सुचारु छ।

संखुवासभा स्थित काेशी राजमार्गका दुई खण्ड पूर्णरुपमा अवरुद्ध छन् । निरन्तर वर्षा भइरहेकाले ती सडकहरुमा अवराेध हटाउन केही समय लाग्ने भएकाे छ । याे आज बिहान ८ बजे नेपाल प्रहरीले दिएकाे अपडेट हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १८, शनिबार ०३:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP