• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आज पनि थप ११ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आज पनि थप ११ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट आज पनि थप ११ जना पक्राउ परेका छन् । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ६० ग्रामसहित भारतीय नागरिक २२ वर्षीय अक्षय कुमारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थाई एयरको उडानद्वारा बैंङ्ककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ भुरेलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय भुवन केसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, बर्दगोरिया गाउँपालिका-१ टिनबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-६ बसाहा बस्ने २२ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवणकुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ राजीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय रोशन जनालालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका-३ कवासेटारबाट नियन्त्रित लागूऔषध नोर्फिन १५ एम्पुल, डाइजेपाम १९ एम्पुल र फेनारगन १३ एम्पुलसहित सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय मार्क श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, नोर्फिन ४ एम्पुल र अवैध लागूऔषध गाँजा १ सय ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ बस्ने ४२ वर्षीय मनोजआले मगर र सोही महानगरपालिका-१४ चाउथे बस्ने २८ वर्षीय सन्देश गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-२७ चिबहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेटसहित गोदावरी नगरपालिका-१३ लेले बस्ने २२ वर्षीय शिवा भण्डारीसमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले बा.८४ प १९१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २, बुधबार ०७:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP