• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज १ हजार ६०० ले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज १ हजार ६०० ले  बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेको छ । आज प्रतितोला १ हजार ६०० ले मूल्य बढेको हो । याे हप्ता आइतबार १ हजार २०० ले मूल्य बढेको थियाे । यस्तै साेमबार १ हजार ३०० ले मूल्य घट्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १  हजार ३०० कायम भएको छ ।

गत हप्ता आइतबार २०० ले मूल्य बढेको थियाे । साेमबार ४०० ले घट्याे भने मंगलबार ३ हजार १०० ले मूल्य बढेको थियाे । बुधबार २ हजार ९०० ले मूल्य बढ्याे । यस्तै बिहीबार एक सयले बढ्याे भने शुक्रबार तीन हजारले घटेकाे थियाे ।

यता आज चाँदीकाे मूल्य भने घटेको छ । आज ३० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार १६० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ८, मंगलवार ०४:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP