• २०८३ भाद्र २० | Sat, 05 Sep 2026

लागूऔषध खैरो हेरोइनकाे काराेबारमा काभ्रे चौरीदेउरालीका मनिक तामाङसहित चार जना पक्राउ

लागूऔषध खैरो हेरोइनकाे काराेबारमा काभ्रे चौरीदेउरालीका मनिक तामाङसहित चार जना पक्राउ

काठमाडौँ । काठमाडौँकाे कागेश्वरी मनोहरा नगरपालिका-८ सिर्जना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३२ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २८ वर्षीय मनिक तामाङ, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भएका ३४ वर्षीय मनोज लामा र सिरहा मिर्चैया नगरपालिका-५ घर भएका ३४ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता कैलाली, लम्कीचुहा नगरपालिका-१ रोरा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय तिलकराज बजगाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८२ माघ १९ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये बिनिताले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ र बेनुले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिनितालाई कीर्तिपुर नगरपालिका-२ बाट मंगलबार र बेनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हलुका सवारी चालक तालिम सुरू
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका नगर प्रहरी कर्मचारीहरूका लागि हलुका सवारी चालक उन्नत तालिम सुरू भएको छ । सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा उहाँले प्रशिक्षार्थीहरूलाई नयाँ प्रविधिका सवारी साधनहरूको बारेमा ज्ञान तथा सीप दिलाई दक्ष एवम् कुशल चालकको रूपमा विकास गर्न तालिम उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा प्रहरी निरीक्षक भरतकुमार श्रेष्ठले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ९, बुधबार १२:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP