काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएका छन् । यसले जनजीवन प्रभावित हुनुका साथै दैनिक उपभोग्य सामानको ढुवानीमा समेत समस्या भएको छ।
नेपाल प्रहरीले दिएकाे पछिल्लाे जानकारी अनुसार करिब २० जिल्लाका दर्जनाैं सडक अवरुद्ध भएका छन् ।
केही सडक एकतर्फी सुचारु भएपनि धेरैजसाेमा खुलाउने प्रयास भइरहेकाे छ। बागमती मधेश र काेशी प्रदेश बाढीपहिराेले प्रभावित छन्। 

प्रतिक्रिया